७ श्रावण २०८३, बिहिबार

व्यवसायीहरुलाई लाग्यो चुनाव: वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघईको टिम घोषणा, श्रेष्ठले सोमबार गर्दै



काठमाडौं । यति बेला व्यवसायीहरु नेपाल उद्योग वाणिज्य महासंघको चुनावी माहोलमा छन् । आगामी चैत २८ र २९ गते हुन गइरहेको महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा पनि भईरहेको छ ।

यसैक्रममा आइतबार वरिष्ठ उपाध्यक्ष पदका लागि रामचन्द्र संघईले उम्मेदवारी घोषणा गरेका छन् । संघईले आफ्नो टिमका ३ उपाध्यक्षका उम्मेदवार सहित उम्मेदवारी घोषणा गरेका हुन् ।

संघईको समूहमा उपाध्यक्ष पदका लागि जिल्ला नगर तर्फ सुरकृष्ण वैद्य, वस्तुगत तर्फ सुकुन्तलाल हिराचन र एशोसिएट तर्फ उपाध्यक्ष पदका ज्योत्स्ना श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

यता, वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार रहेका उमेशलाल श्रेष्ठको टिम भने भोलि अर्थात सोमबार घोषणा हुने भएको छ ।

श्रेष्ठको टिमबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र एसोशिएट उपाध्यक्षमा भने भरत आचार्य रहेका छन् ।

उक्त समुहले सोमबार पदाधिकारीको मात्रै टीम घोषणा गर्ने भएको जनाएको छ । हाल जिल्ला तथा नगर, वस्तुगत र एसोएिट्स सबै समुहको सदस्यको समेत उम्मेदवार टुङ्गो लगाईसकेको सो समुहले मनोनयन दर्ता पछि मात्रै सदस्यहरु समितको टीम घोषणा गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्