लथालिङ्ग अर्थतन्त्र सुधार गर्ने प्रतिबद्धतासहित अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठले गरे उम्मेदवारी दर्ता (फोटोफिचर)
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदका लागि अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी दुबैं समूहको टिमले नेपाल उद्योग बाणिज्य महासंघ, टेकु पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
अन्जनको समूहबाट वस्तुगत तर्फबाट उपाध्यक्षमा मनिषलाल प्रधान, जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी र एशोसिएटमा प्रवलजंग पाण्डले उम्मदेवारी दिएका छन् । एसोसिएट्सतर्फ अन्जन श्रेष्ठ समूहसँग सहकार्य गर्दै उपाध्यक्ष पदमा भरतराज आचार्यले स्वतन्त्र प्यानलबाट उम्मेदवारी दर्ता गरेका छन्, जसमा अन्जन समूहका प्रबलजंग पाण्डे लगायतका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरे । एसोसिएट्समा दुबैतर्फका बराबर सदस्यहरु राख्ने सहमति भएको छ ।
उता, उमेशको समुहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत तर्फ हेमराज ढकाल र एसोशिएटतर्फमा भरतराज आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । आचार्यलाइ अन्जन श्रेष्ठको समूहले समेत साथ दिए पछि उनि दुइ समूहका साझा उम्मेदवार भएका छन् ।
उम्मेदवरी दर्तासँगै अन्जन श्रेष्ठले भने देशको अर्थतन्त्र चलयनमान बनाउन आफ्नो टिम सक्षम रहेको बताए । अर्थतन्त्र लथालिङ्ग भएको अवस्थामा व्यवसायीका समस्याहरु सुन्ने र यसको लागि महासंघलाई सबै तहका उद्योगी व्यवसायीहरुको पहुँचमा हुनेगरी काम गर्ने उनको भनाइ रहेको थियो ।
यता, उमेशलाल श्रेष्ठपनि देश आर्थिक हिसाबले निकै तल खस्किएको भन्दैं अर्थतन्त्र सुधारका लागि आफु कप्तानी गर्ने तयार रहेको बताउदैं आएका छन् । ब्यावसायिक समस्या सुन्दैं विज्ञप्ति र ध्यानकार्षकमा मात्र नरोकिएर परिणममुखी काम गर्ने उनको तर्क रहेको छ । उनको उम्मेदवारी दर्तामा बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल सहित विभिन्न संघ संगठनका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
दुबैं उम्मेदवारले महासंघलाई नयाँ उचाईमा पुर्याउन र संस्थाको व्यवसायीक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारीता बढाउन आफुले उम्मेदवारी दिएको बताएका छन्।











फोटोः दिपक विष्ट/अर्थपथ डटकम













