१० श्रावण २०८३, आइतबार

अभिकर्ता र सर्भेयर लाइसेन्स अब तीन वर्ष नविकरण गर्न नपर्ने

अभिकर्ता र सर्भेयर लाइसेन्स अब तीन वर्ष नविकरण गर्न नपर्ने



काठमाडौं । अब बीमा मध्यस्थकर्ता (अभिकर्ता तथा सर्भेयर ) को इजाजतपत्र (लाईसेन्स ) अब तीन वर्ष नविकरण गर्न नपर्ने भएको छ ।

नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता तथा सर्भेयर) को इजाजतपत्र तीन वर्षसम्म नवीकरण गर्नु नपर्ने व्यवस्था गरको हो ।

बीमा ऐन, २०७९ मा इजाजतपत्रको अवधि जारी भएको मितिले तीन वर्षको हुने व्यवस्था छ । बीमा ऐन, २०७९ गत कात्तिक २२ गतेदेखि लागू भएको हो । सो मिति पश्चात जारी भएका इजाजतपत्र (लाईसेन्स) को अवधि जारी भएको मितिले तीन वर्षको हुने व्यवस्था बमोजिम हाललाई उक्त इजाजतपत्र नवीकरण गर्नु नपर्ने प्राधिकरणले जनाएको छ ।

यसअघि बीमा अभिकर्ता र बीमा सर्भेयरको इजाजतपत्रको अवधि एक वर्षको हुने व्यवस्था थियो । प्राधिकरणबाट जारी भएका बीमा अभिकर्ता तथा बीमा सयर्भेयरको इजाजतपत्र नवीकरण गत चैत ६ गतेदेखि अनलाईन माध्यमबाट नवीकरण शुल्क बुझाउन सकिने व्यवस्था गरेको छ । प्राधिकरणले आफ्नो बैंक खातामा नवीकरण शुल्क सोझै भुक्तानी गरि नवीकरण गर्ने व्यवस्था हटाएको छ ।