रोकिएको उधोग वाणिज्य महासंघको मतदान पुनः सुरु
काठमाडौं । नेपाल उधोग वाणिज्य महासंघको रोकिएको मतदान पुनः सुरु भएको छ । मतदान केन्द्र बाहिर मतदाता बाहेकका व्यक्ति आएर होहल्ला गरे पछि निवार्चन प्रभावित भएको थियो ।
करिब ३० मिनेट रोकिएको मतदान पुन सुरु गरिएको निवार्चन अधिकृत लिलामणि पौडेलले जानकारी दिए । बिधार्थी देखि बाहिरका मान्छे आएर मतदान केन्द्र बाहिर ठूलो हल्ला भएपछि सुरक्षा व्यवस्था समेत कडाइ गरेको हो ।
भिड नियन्त्रण गरि अहिले पुन निवार्चन चलिरहेको छ । यस्ता अराजक गतिविधि पुनः भए कारबाही गर्न पौडेल जानकारी दिए ।













