७ श्रावण २०८३, बिहिबार

यस्तो छ उद्योग वाणिज्य महासंघको निर्वाचन माहोल (फोटोफिचर)



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व चयनका लागि मतदान भइरहेको छ । बिहान ढिला गरी करिब १० बजेदेखि सुरु भएको मतदानमा दिउँसो केहि बेर प्रभावित समेत बन्न पुगेको हो ।

मतदान केन्द्र बाहिर होहल्ला भएपछि करिब ३० मिनेट मतदान प्रभावित बनेको थियो । पुनः मतदान सुरु भइसकेको छ । मुख्य प्रतिनिधि परिचय पत्रका साथै आफ्नो परिचय पत्र खुल्ने फोटोसहितको परिचय पत्र अनिवार्य गरिएको छ । मतदानस्थलमा मत संकेत गर्ने कोठामा मोबाइल, क्यामेरा तथा सलाइ, लाइटर, प्रज्वलनशील पदार्थ र तरल पदार्थ लिएर जान निषेध गरिएको छ ।

महासंघको आगामी अध्यक्ष भने चन्द्र ढकाल बन्दैछन् । महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधान छ । महासंघका भावि अध्यक्ष बन्ने गरि तीन जनाको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी परेको छ । सो पदका लागि उमेशलाल श्रेष्ठ, रामचन्द्र सघई र अन्जन श्रेष्ठले उम्मेदवारी दिएका हुन् ।

तस्बिरः दिपक विष्ट/अर्थपथ डटकम


प्रतिक्रिया दिनुहोस्