एफएनसीसीआई निर्वाचन अपडेट: जिल्ला नगरतर्फको पनि मतगणना सुरु
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ मतदान सकिएसंगै गणना सुरु भएको छ । निर्वाचन अधिकृत लिलामणि पौडेलका अनुसार जिल्ला नगरतर्फ पनि मत गणना सुरु गरिएको हो ।
पहिलो चरणमा वस्तुगत तर्फको मत गणना सुरु भएको थियो । महासंघका आगामी नेतृत्व चयनका लागि बुधवार मतदान भएको थियो । काठमाडौं प्रज्ञाप्रतिष्ठान मतदान विहान १० बजेदेखि सुरु भएको थियो ।
निर्वाचन अधिकृत लिलामणी पौडेलकाअनुसार जम्म १ हजार ८८९ मत खसेको छ । जसमध्ये एसोसिएट तर्फ १ हजार ६४९ मत खसेको छ । एसोसिएत तर्फ भने १५ मत नखसेको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । उनका अनुसार जिल्ला तर्फ ११७, बस्तुगत तर्फ १२३ मत खसेको छ ।













