७ श्रावण २०८३, बिहिबार

महासंघको कोषाध्यक्षमा जुटेन सहमति, स्थगित भयो निर्वाचन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षको निर्वाचन स्थगित भएको छ । सोमबार बिहान ९ बजे हुने भनिएको सो पदको निर्वाचन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।

महासंघको कोषाध्यक्षका लागि चार जनाले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षका लागि प्रबलजंग पाण्डे, निरक केसी, गोपाल खनाल र सन्दीप गाडिया अग्रवालले उम्मेदवारी दिएका हुन् ।

यद्यपि, कोषाध्यक्षमा सर्वसम्मत चयन गर्ने कोसिस पनि भईरहेको छ सहमति जुट्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्