अघि बढ्यो ब्रोकर लाइसेन्स वितरण प्रक्रिया, बैशाख तेस्रो सातासम्म टुङ्गो लगाउदैं बोर्ड « Arthapath.com
१२ असार २०८२, बिहीबार

अघि बढ्यो ब्रोकर लाइसेन्स वितरण प्रक्रिया, बैशाख तेस्रो सातासम्म टुङ्गो लगाउदैं बोर्ड



काठमाडौं । नेपाल धितोपत्र बोर्डले लाइसेन्स वितरणका लागि प्रक्रिया अघि बढाएको छ । ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका कम्पनीको छनोट कार्य सुरु भएको हो ।

ब्रोकर लाइसेन्सका लागि ४५ वटा कम्पनीहरुले आवेदन दिएका छन् । ति कम्पनीहरुले ब्रोकर लाइसेन्सका लागि रिक्त पूर्वक आवेदन दिएको नदिएको आवश्यक काजगात, विवतरण लगायत तोकिएको मापदण्ड बमोजिम छनोट कार्य सुरु गरेको बोर्डले जनाएको छ । बोर्डले मापदण्ड अनुसारको नियमावलीमा रहेर लाइसेन्स वितरण गर्ने भएको छ । जुन प्रक्रिया अगामि बैशाख तेस्रो सातासम्म टुङ्गो लगाउने बोर्डको भनाइ छ ।

ब्रोकर लाइसेन्सका लागि नेपाल धितोपत्र बोर्डले गत असोज २ गतेदेखि ३० दिने म्याद राखेर आवेदन खुला गरेको थियो । धितोपत्र ऐन २०६३, धितोपत्र बजार सञ्चालन नियामवली २०६३ र धितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना सम्बन्धी निर्देशिका २०७९ बमोजिमा नयाँ एक्सचेन्जटको लागि आवेदन माग गरेको थियो । जसमा ४५ कम्पनीले नेप्सेमा आवेदन दिएका थिए ।

गत कात्तिक १६ गते अधिवक्ता अमृत खरेलले नयाँ स्टक र ब्रोकरलाई लाईसेन्स दिनको लागि संशोधन गरिएका नियमावली खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । तर चैत २६ गते नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स विरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । रिट खारेज भए पश्चात ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया अगाडि बढेको हो ।

ब्रोकर लाइसेन्सका लागि चुक्तापुँजी तीन तहमा विभाजन गरिएको छ । सिमित कार्य गर्नका लागि न्यूनतम चुक्तापुँजी २० करोड आवश्यक पर्नेछ । यस्तै, पूर्ण कार्य गर्नका लागि ६० करोड र धितोपत्र व्यापारीका लागि १ अर्ब ५० करोड चुक्तापुँजी आवश्यक पर्ने बोर्डले जनाएको छ ।

धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ लाई संशोधन गरेर धितोपत्र दलाल धितोपत्र व्यापारी, २०७९ जारी गरेको छ । बोर्डका अनुसार चुक्ता पुँजी पु¥याउने कम्पनीले लाइसेन्स पाउने भएका हुन् ।

सेयर खरिदबिक्रीको मात्रै काम गर्ने ब्रोकरका लागि बोर्डले २० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ । यस्तै, मार्जिन कारोबार, लगानी परामर्शको सेवा दिने, लगानी व्यवस्थापन गरिदिने र निक्षेप सदस्य (डिपी)को काम गर्ने ब्रोकरका लागि ६० करोड रुपैयाँ चुक्ता पुँजी तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्