सेयर बजारले लिएन गति, लगानीकर्ताले कम्पनीहरुको त्रैमासिक रिपोर्ट कुरेका हुन ?

काठमाडौं । नयाँ वर्ष सुरु भए यताका दुबैं कारोबारमा सेयर बजार ओरालो लागेको छ । अघिल्लो वर्षको अन्तिम कारोबारका दिनहरुमा हरियाली भएर बन्द भएको बजार यो वर्ष भने ओरालो यात्रालाई निरन्तता दिइरहेको छ ।
लगानीकर्ता अझैं अन्यौलमा रहेका छन् । बैंशाख देखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटेका छ, निक्षेपमा पनि पछिल्लो समय आकर्षक सुधार आइरहेको छ, अर्थतन्त्रका अधिकांश सूचक समेत सकारात्मक भइरहेको बेला बजारले भने ओरालो यात्रा तय गरी रहेको छ ।
अब केहि दिन भित्र बैंक तथा वित्तीय संस्थाको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण समेत प्रकाशित हुदैं छ । कम्पनीहरुको को कति बलियो छ ? कुनको नाफा कति छ ? भन्ने अन्यौलले पनि लगानीकर्ता वित्तीय रिपोर्टको पर्खाइमा रहेको जानकारहरु बताउछन् । “देशको अर्थतन्त्र सुधार भइरहेको ब्याजदरको घटेको बेला बजार घट्नु पर्ने कुनै कारण नै छैन, अहिले लगानीकर्ता वित्तीय रिपोर्टको प्रतिक्षा गरी रहेका हुन सक्छन् । बजार अब विस्तारै सुधार तर्फ नै लम्किने हो लगानीकर्ता डराउनु पर्ने कुनै अवस्था नै छैन” एक लगानीकर्ताले बताए ।
यता, सरकार पक्ष पनि आगामि बजेटको तयारीमा लागेको छ । अघिल्लो वर्ष अर्थमन्त्री जनार्दश शर्मा हुदाँ रुष्ट लगानीकर्ता यस पटक अर्थमन्त्री प्रकाश सरण महतको भरमा परेका छन् । अर्थमन्त्री महतले पनि बजार सुधारका लागि आफ्ना हरेक कदम सकरात्मक हुने हुदाँ ढुक्क भएर लगानी गर्ने आश्वासन दिइ रहेका छन् । सो कारण पनि अब बजारले गति लिन केही जानकारहरुको राय छ । सरकार पक्षले अर्थतन्त्रीको मुख्य मेरुदण्ड पूँजी बजार सुधारका लागि सरकात्मक भइरहेका छन् ।
नियामक निकायहरु पनि अहिले बजार सुधारका लागि सकरात्मक छन् । धितोपत्र बोर्ड, नेप्से, लगानीकर्ता संघ लगायतका संगठनहरुले पनि बजार सुधारका लागि समन्वय गरि रहेका छन् । लगानीकर्ताले गुमाएको अर्बो रकम अब गुम्ने नदिने आवश्वासन आइरहेको बेला बजार घटि रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.६४ अकंले घटेर १९०८.०४ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६७ कम्पनीको ३१ लाख ४४ हजार ५७३ कित्ता सेयर किनबेच हुदाँ ९२ करोड ७८ हजार ५७१ रुपैयाँको कारोबार भएको छ ।
सोमबार १३ उपसूचक नै राताम्य भएका छन् । आज बैंकिङ समूहको १.०२ प्रतिशत, विकास बैंक समूहको १.८८ प्रतिशत, फाइनान्स समूहको १.८० प्रतिशत, हाइड्रोपावर समूहको १.३१ प्रतिशत, जीवन बीमा समूहको १.५५ प्रतिशतले सेयर मूल्य घटेको हो ।

आज अरुण भ्याली हाइड्रोपावरको ७ करोड २ लाख रुपैयाँ र शिवम पावरको ४ करोठ ३३ लाख रुपैयाँको कारोबार भएकोछ ।

त्यस्तै, आदर्श लघुवित्त, कालिञ्चोक दर्शन र मैलुङ हाइड्रोपावरको सेयरमा सर्किट लागेको छ ।
