निफ्राको वित्तीय सूचकहरुमा सकरात्मक सुधार: नाफासंगै इपिएस पनि बढ्यो, कस्तो छ प्रगति ? « Arthapath.com
१७ असार २०८२, मंगलबार

निफ्राको वित्तीय सूचकहरुमा सकरात्मक सुधार: नाफासंगै इपिएस पनि बढ्यो, कस्तो छ प्रगति ?



काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंकले नाफा वृद्धि भएको छ । बैंकले बुधवार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले नाफा वृद्धि भएको देखाएको हो ।

सो अवधिमा बैंकले १ अर्ब १६ करोड १९८ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६७.२८ प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्ममा बैंकले ६९ करोड ४५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफा पनि वृद्धि भएको छ । जसले खुद नाफा बढ्न टेवा पुगेको हो ।
चालु आवको तेस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ५५.२२ प्रतिशतले वृद्धि भई २ अर्ब ४४ लाख रुपैयाँ कायम भएको छ । सो अवधिमा बैंकले संचालन नाफा पनि ६७.३१ प्रतिशतले बढाएर १ अर्ब ६५ करोड ९७ लाख ६९ हजार रुपैयाँ पुर्याएको छ । बैंकको वितरण योग्य नाफा ९१ करोड ६१ लाख १४ हजार रुपैयाँ देखिएको छ।

सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी सुधार भएको देखिन्छ । गत आवको चैत मसान्तसम्ममा ४ रुपैयाँ २९ पैसा रहेको प्रतिसेयर आम्दानी यस वर्षको सोही अवधिमा भने २ रुपैयाँ ८८ पैुसाले वृद्धि भएको छ । योसंगै बैंकको यस्तो आम्दानी ७ रुपैयाँ १७ पैसा कायम भएको छ । सो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ १९ पैसा रहेको छ ।

कम्पनीको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ । सो अवधिमा बैंकको जगेडा तथा कोषको आकार पनि ४१.२९ प्रतिशतले वृद्धि भई १ अर्ब ९८ करोड ५८ लाख ३० हजार रुपैयाँ कायम भएको छ ।

चालु आवको चैत मसान्तसम्ममा बैंकले कुल ७९ करोड ६८ लाख ५१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने २२ अर्ब ८ करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्