श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बोनस सेयरधनीको हितग्राही खातामा जम्मा « Arthapath.com
१० बैशाख २०८०, आईतवार

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बोनस सेयरधनीको हितग्राही खातामा जम्मा



काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले गत पुष २९ गते सम्पन्न २८औं वार्षिक साधारण सभाबाट पारित गरेको २.४० प्रतिशत बोनस हितग्राही खातामा जम्मा सुरु गरेको हो ।

पुष १८ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का जनाई बोनस सेयर जम्मा गरिएको छ । साथै, उक्त मिति पश्चात् कर्जा राफसाफ भैसकेको भए फुकुवा गर्न कम्पनीले भनेको छ ।

कम्पनीको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्