३१ श्रावण २०८३, आइतबार

एनओजी ‘एन्टर्क ओनर्स ग्रुप’ को महेन्द्रनगर च्याप्टर राइड सम्पन्न



काठमाडौँ । टिभिएस मोटर कम्पनीले जगदम्बा मोटर्सले महेन्द्रनगरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । नेपालको एक मात्र आधिकारिक वितरक जगदम्बामोटर्सले वैशाख ९ गते शनिबार आयोजना गरेको थियो ।

राइड टिभिएसको महेन्द्रनगर (महामाया ट्रेड एंड सप्लायर्स महेन्द्रनगर , कंचनपुर ) बाट शुरु भएर दोधारा – अतिथि रिर्सोट पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो। साथै सहभागि सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो । करिब ५० जना राइडरहरु सहभागिभएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।

साथै उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनु पर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए ।