३४ प्रतिशतले बढ्याे विद्युतिय भुक्तानी
काठमाडाैं । बैंकहरूले गर्ने काराेबारमा विद्युतिय काराेबार ह्वात्यै बढेकाे छ । गत वर्षकाे तुलनामा विद्युतीय काराेबारमा ३४ प्रतिशतले बढेकाे हाे ।
बिहीबार नेपाल राष्ट्र बैंककाे ६८औँ वार्षिकाेत्सवकाे अवसरमा गभर्नर महाप्रसाद अधिकारीले यस आवमा ७४ अर्वकाे काराेबार विद्युतीय माध्यामबाट भएकाे बताए । जुन गत आवकाे तुलनामा ३४ प्रतिशतले बढेकाे हाे ।
राष्ट्र बैंकले विद्युतीय भुक्तानीकाे वर्षकाे रूपमा २०८० लाई लिईएकाे गभर्नर अधिकारीले बताए ।













