आरबिबि म्युचुअल फण्ड २ आजदेखि बिक्रीमा, कति र कहिलेसम्म दिने आवेदन ?
काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला भएको छ । बैंकिङ्गले दोस्रो म्युचुल फण्ड ‘आरबिबि म्युचुअल फण्ड २’ निष्काशन तथा बिक्री खुला गरेको हो ।
प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्री तथा निष्काशन भएको हो ।
निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ८० लाख इकाई कोष प्रवर्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन सकिनेछ ।
सो फण्डको इकाईमा छिटोमा बैशाख २१ गते ढिलोमा बैशाख ३१ गतेसम्म म्याद थप गरि आवेदन दिन पाउने व्यवस्था छ ।
सो फण्डको अवधि १० वर्षको रहेको छ । यो एक बन्दमुखी योजना हो । आरबिबि मर्चेन्ट बैंकिङ्ग राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।













