तेस्रो त्रैमाससम्ममा ग्रामीण विकास लघुवित्तको मुनाफा ५ करोड ९० लाख, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीयल संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको मुनाफा ओरालो लागेको हो ।
चैत मसान्तसम्मको अवधिमा कम्पनीले ५ करोड ९० लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन मुनाफा गत वर्षको भन्दा ७९.१८ प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा २८ करोड ३४ लाख रुपैयाँ रहेको थियो ।
यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै ओरालो लाग्दा मुनाफा समेत खस्किन पुगेको हो । तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद ब्याज आम्दानी २६.४८प्रतिशत ले घटेर ६७ करोड ३१ लाख ७२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ९१ करोड ५६ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको सञ्चालन नाफा पनि ७८.७८ प्रतिशतले घटेर ८ करोड ८७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले नाफा ४१ करोड ८२ लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ९८ करोड २५ लाख रुपैयाँ, जगेडा कोष १ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ रहेको छ । चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ८ रुपैयाँ ०१ पैसा (वाषिक) रहेको यसको प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ८७ पैसा छ ।