एनआईबी एल एस क्यापिटल र एच मेडिकल एण्ड डाएगनोष्टिकबिच सम्झौता
काठमाडौं । एनआईबीएल म्युचुअल फण्ड अन्र्तगतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईबी एल एस क्यापिटल लिमिटेड र एच मेडिकल एण्ड डाएगनोष्टिक प्राली बिच सम्झौता भएको छ ।
एनआईबीएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित एनआईबीएल सहभागीता फण्डमार्फत उक्त कम्पनीका कर्मचारीहरुले लगानी गर्ने उदेश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
यस योजना अन्तर्गत, एच मेडिकल एण्ड डाएगनोष्टिक प्रालीका विभिन्न तहका कर्मचारीहरुले आफुले ईच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना मार्फत लगानी गर्न सक्नेछन्।
उक्त सम्झौतामा एच मेडिकल एण्ड डाएगनोष्टिक प्रालीका तर्फबाट कम्पनिका प्रमुख संचालन अधिकृत मदन अर्याल र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।













