आरओईमा बैंकहरुको बदलाव: एनआईसी पहिलो, एभरेष्टको फड्को, लाभांश सामार्थ्यमा यस्तो देखियो रोलक्रम

काठमाडौं । वाणिज्य बैंकहरुको रिटर्न अन इक्विटी (आरओइ) औसतमा ११ प्रतिशत छ । संचालनमा रहेका २१ वटा वाणिज्य बैंकहरुको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो देखाएको छ ।
औषतमा वाणिज्य बैंकहरुले ९ महिनामा ११.१९ प्रतिशत हाराहारीमा दिनसक्ने गरि नाफा कमाएका छन् । चालु आवको चैत मसान्तसम्ममा बैंकहरुको नेटवर्थ ६ खर्ब ३४ अर्ब ९७ करोड १४ लाख रुपैयाँ छ । समिक्षा अवधिमा बैंकहरुको ४८ अर्ब ७० करोड ४९ लाख रुपैयाँ नाफा कमाएका छन् ।
सेयरमा प्रतिफलको दरले कम्पनीको वास्तविक लाभांशलाई प्रतिनिधित्व गर्दैन । तर यसले धेरै हदसम्म कम्पनीको वित्तीय स्वास्थ्य प्रस्ट्याउन सघाउँछ । सेयर लगानीकर्तालाई पनि यो अनुपातले कम्पनीको छनोट गर्न सघाउँछ । नेटवर्थको आधारमा तयार हुने भए पनि यो तथ्यांकले कुनै कम्पनीलाई बढी वा घटी मुनाफा बाँड्ने सहजता कति छ भनेर थाहा पाउन सकिन्छ ।
दुई वर्ष सेयरधनी निराश बनाएको एनआईसीको आरओई उच्च, दोस्रोमा स्टाण्डर्ड चार्टर्ड
आरओईको आधारमा दुई आर्थिक वर्ष सेयरधनीहरुको हात रित्तो बनाएको एनआईसी एशिया बैंक अग्रस्थानमा छ । चालु आवको तेस्रो त्रैमासम्ममा बैंकले खुद सम्पत्तिको २१.८४ प्रतिशत प्रतिफल दिन सक्ने नाफा कमाएको छ । ९ महिनामा एनआईसी एशियासंग चैत मसान्तसम्ममा २८ अर्ब ७८ करोड ३ लाख रुपैयाँ खुद सम्पत्ति छ । समिक्षा अवधिमा बैंककले ४ अर्ब १ करोड ४९ लाख २५ हजार रुपैयाँ नाफा कमाएको छ ।
सेयर प्रतिफल दरका हिसावमा स्टाण्डर्ड चार्टर्ड बैंकको दोस्रो स्थानमा छ । बैंकसंग खुद सम्पत्तिको २१.१२ प्रतिशत नाफा कमाएको छ । बैंकसंग १९ अर्ब २५ करोड ३४ लाख रुपैयाँ खुद सम्पत्ति छ । तेस्रो त्रैमासम्ममा बैंकले २ अर्ब ६१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
२१औं नम्वरको सूचीबाट तेस्रो पोजिशनमा एभरेष्ट बैंकको फड्को
तेस्रो स्थानको सूचीमा रहेको एभरेष्ट बैंक छ । तेस्रो त्रैमासमा अधिकांश सूचकहरु उल्लेखय सकरात्मक सुधार गरेको एभरेष्ट बैंकले १५.३१ प्रतिशत प्रतिफल दिन सक्ने सामाथ्र्य बनाएको छ । चालु आवको ९ महिनामा बैंकको नेटवर्थ २४ अर्ब १६ करोड २७ लाख रुपैयाँ रहेको छ । सो अवधिमा बैंकले २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । तर, गत आवको समिक्षा अवधिमा एभरेष्टको आरओई स्थान २१औं नम्वरमा थियो । बैंकले सेयर प्रतिफल दर क्रमश: बढाउँदै आएको छ ।
एनआईएमबिको नेटवर्थ सर्वाधिक, प्रतिफल दरको हिसावमा १७औं स्थान
नेपाल इन्भेष्टमेन्ट बैंकको नेटवर्थ सर्वाधिक देखिएको छ । चालु आवको ९ महिनामा बैंकसंग ५६ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ नेटवर्थ छ । बैंकले नेटवर्थको ७.६१ प्रतिशत प्रतिफल दिन सक्ने सामाथ्र्य बनाएको हो । समिक्षा अवधिमा बैंकले ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ ।
नबिल, ग्लोबल र माछापुच्छ्रेसहित ९ बैंकको आरओई १० प्रतिशत बढी
मुख्य सूचकहरुमा अब्बल मानिने नबिल, ग्लोबल आइएमई लगायतको ९ वटा बैंकको आरओई १० प्रतिशतभन्दा माथि देखिएको छ ।
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको आरओई १५.२१ प्रतिशत रहेको छ । बैंकको नेटवर्थ ३५ अर्ब २४ करोड माथि छ । चालु आवको तेस्रो त्रैमासमा बैंकले ३ अर्ब ५७ करोड ६७ लाख रुपैयाँ बढी खुद नाफा कमाए छ ।
यस्तै, नेपाल एसबिआई, एनएमबि बैंकको आरओई क्रमश: १४.९३ र १४.३२ प्रतिशत रहेको छ । नेपाल एसबिआई बैंकको नेटवर्थ १८ अर्ब ७ करोड २७ लाख रुपैयाँ छ भने एनएमबि बैैंकको २७ अर्ब ९२ करोड १२ लाख रुपैयाँ छ ।
नेटवर्थको आधारमा दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंक आरओईको आधारमा भने ११औं नम्वरको सूचीमा छ । ५५ अर्ब ७९ करोड बढी नेटवर्थ भएको यस बैंकको आरओई भने ११.४१ प्रतिशत रहेको छ । समिक्षा अवधिमा बैंकले ४ अर्ब ३५ करोड ८२ लाख बढी खुद नाफा कमाएको छ ।
यस्तै, नेवटर्थको आधारमा तेस्रो पोजिशन नबिल बैंक छ । बैंकसंग ५४ अर्ब ४० करोड ३३ लाख रुपैयाँ नेटवर्थ छ । यसको आधारमा बैंकले १३.९८ प्रतिशत प्रतिफल दिन सक्ने सामाथ्र्य बनाएको हो । चालु आवको ९ महिनामा बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ ।
प्रतिफल सामाथ्र्य हिसावले सानिमा बैंकको १३.७८ प्रतिशत, प्राइमको १२.७२ प्रतिशत, माछापुच्छ्रेको १२.५६ प्रतिशत र लक्ष्मी बैंकको १०.१५ प्रतिशत रहेको छ ।
आरओईको अन्तिम सूचीमा कृषि विकास बैंक
कृषि विकास बैंक आरओईको अन्तिम स्थानमा छ । २१औं स्थानमा पुगेको बैंकले नेटवर्थको ४.४४ प्रतिशत मात्रै नाफा आर्जन गरेको छ । बैंकसंग ३२ अर्ब ६४ करोड ४७ लाख रुपैयाँ बढी नेटवर्थ छ । चालु आवको ९ महिनामा बैंकले १ अर्ब ४ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
आठ बैंकले खुद नाफालाई नेटवर्थको १० प्रतिशत कटाउन सकेनन्
संचालनमा रहेकामध्ये आठ वटा बैंकले खुद नाफालाई नेटवर्थको १० प्रतिशत पनि कटाउन सकेका छैनन् ।वित्तीय रिपोर्टअनुसार सनराइज बैंकको ९.५३ प्रतिशत, सिद्धार्थको ९.३३ प्रतिशत, सिटिजनको ८.७५ प्रतिशत, प्रभुको ८.३१ प्रतिशत रहेको छ । यस्तै, हिमालयन बैंकको आरओई ८७.३० प्रतिशत, नेपाल बैंकको ७.११ प्रतिशत र कुमारीको ७.०१ प्रतिशत रहेको छ ।
