९ श्रावण २०८३, शनिबार

ज्ञानेन्द्रलाल प्रधान बिरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता



काठमाडौं । सेयर बजारका लगानीकर्ता ज्ञनेन्द्रलाल प्रधान विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

नेपाल धितोपत्र बोर्डले आफू संचालनक रहेको कम्पनीबाट हटेको एक वर्ष नपुगी सेयर कारोबार गरेको भन्दै मुद्दा दर्ता गरेको हो । धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) विपरित कारोबार गरेको भन्दै मुद्दा दर्ता भएको बोर्डले जनाएको छ । प्रधानलाई ऐनको दफा ९८ अनुसारको कारबाहीको माग गरिएको छ ।

धानले आफुले अध्यक्ष हुँदाका बखत तथा सोपदबाट हटेको एक बर्ष पुरा नभएसम्म कुनै तरिकाले सेयर हस्तान्तरण गर्न नहुने नियमको विपरित श्रीमतिलाई घरायसी नामसारी गराई सो सेयर दोस्रो बजारमा श्रीमतिको माध्यमबाट बिक्री गर्ने गरेको जनाएको छ। यसमा नेप्से, सिडिएससि तथा धितोपत्र दलाल व्यवसायीले पेश गरेको विवरणहरुबाट प्रष्ट पारेको बोर्डले जनाएको छ।

प्रधानले आफु स्वयमले आफ्नो सेयर बिक्री नगरेतापनि परिवारको सहयोग लिई सेयर विक्री गर्ने कार्य सफा मनशायले गरेको नदेखिएन बोर्डले जनाएको छ ।

प्रधानले धितोपत्र लगायतका कानूनमा रहेको छिद्र प्रयोग गरी श्रीमति, छोरा तथा छोरीको नाममा घरायसी नामसारीको परिपञ्च गरी सोही सेयर बिक्री गरेको बोर्डले जनाएको छ।

बोर्डका अनुसार संस्थागत गतिविधी भन्दापनि बजार मूल्यबाट लाभ लिने गरी कारोबार गरेको देखिन आउँदा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९८ को बजारमा जालसाजी युक्त कारोबार गरेको देखिएका हो ।

‘धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९८ को खण्ड –क)मा कसैले कसैसँग धितोपत्र खरिद बिक्री वा विनिमय गर्ने उद्देश्य लिई कसैलाई झुक्याउन कुनै प्रविधि योजना वा काम गरेमा जालसाजी गरेको मानिनेछ भन्ने व्यवस्था बमोजिम निज ज्ञानेन्द्र लाल प्रधानले नियमन निकाय नेपाल धितोपत्र बोर्ड, धितोपत्र बजार लगायत अन्य सरोकारवालालाई झुक्याउने योजना वा काम गरेको प्रष्ट देखिन आयो’– बार्डले भन्यो


प्रतिक्रिया दिनुहोस्