मर्जरकै दिन प्राइम लाईफबाट दाहालले कम्पनी छाडे
काठमाडौं । आज युनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्सले एक आपसमा गाभिएर आजदेखि एकीकृत कारोबार गर्दैछन् । यी तीनै वटा कम्पनीहरु मर्जरमा गई हिमालयन लाइफको नामबाट एकीकृत कारोबार थालनी गर्न लागेका हुन् ।
तर, मर्जरकै दिन प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत निर्मल दाहालले कम्पनी छाडेका छन् । नयाँ बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा युनियन लाइफको तर्फबाट मनोजलाल कर्ण बन्ने भएका छन् ।
यता, गुराँस लाइफ र प्राइम लाइफका सीईओहरुलाई भने नयाँ बन्ने कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने सहमति भएको थियो । तर, आज मर्जरकै दिन प्राइम लाइफका सीईओ दाहालले भने कम्पनी छाडेका हुन् ।













