लाइफ इन्स्योरेन्स मर्जर कठिन हो, नियामक हप्की समेत खाएका कम्पनीले नै मर्जरको नयाँ इतिहास रच्यो : अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले हिमालयन लाइफले बिमा क्षेत्रको मर्जरमा नयाँ इतिहास रचेको बताए । प्राइम, युनियन र गुराँस लाईफ इन्स्याेरेन्स कम्पनी मर्जर भई बनेकाे हिमालयन लाइफ इन्स्याेरेन्सकाे मर्जर मुख्य समाराेहमा अध्यक्ष सिलवालले यस्तो बताएका हुन ।
यी तीन कम्पनी विचको मर्जरले इतिहास कायम गरेको बताए । उनले भने-‘लाइफ इन्स्योरेन्सको मर्जरमा यस्तो बिरलै देख्न पाइन्छ, इतिहासमा एकैपटक यति ठुलो मर्जर भएको थिएन । जिबन बिमा कम्पनी एक आपसमा गाभिनु कठिन विषय हो ।’ प्राइम, युनियन र गुराँस लाईफ इन्स्याेरेन्स कम्पनीले मर्जरको दौडमा प्राधिकरणको नियामक हप्की समेत खाएको अध्यक्ष सिलवालले बताए ।
उनले भने -‘ तीन कम्पनीले मर्जरको समयमा नियामक हप्की समेत खाएका थिए । तर, आज सफल भयो , यो साहसिक कार्यका लागि धन्यवाद पनि दिन चाहान्छु ।’













