१० श्रावण २०८३, आइतबार

हिमालयन लाइफ अब स्थापित र अग्रणी कम्पनी बनाउछौ : सिइओ कर्ण



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजलाल कर्णले तीन कम्पनीको मर्जरले सहकार्य र एकताको अनुभुति दिएको बताए ।

प्राइम, युनियन र गुराँस लाईफ इन्स्याेरेन्स कम्पनी मर्जर भई बनेकाे हिमालयन लाइफ इन्स्याेरेन्सकाे मर्जर मुख्य समाराेहमा यस्तो बताएका हुन । सो कार्यक्रममा सिइओले कर्णले मर्ज पछि बनेको हिमालयन लाइफ स्थापित कम्पनी बन्ने बताए ।

उनले भने-‘मर्जपछी कम्पनीको आर्थिक र जोखिम बहन गर्ने क्षमता पनि बढेको छ । अब सेवा सुविधा पनि थप प्रभावकारी रुपमा प्रदान गर्छौ।’ कम्पनीको एकीकृत पुजी १० अर्ब र चुक्ता पुजी ८ अर्ब, कुल सम्पत्ति रहेको उनले जानकारी गराए । तीन कम्पनीले १८ अर्ब बढी बिमाशुल्क आर्जन गरेको र १५ अर्ब रुपैयाँ भन्दा धेरै दाबी भुक्तानी दिएको जानकारी गराए ।