ब्याजदर घटेपछि बढेन निक्षेप, जेठको लागी निक्षेपको ब्याजदर नघटाउने बैंकर्स संघको निर्णय « Arthapath.com
१६ असार २०८२, सोमबार

ब्याजदर घटेपछि बढेन निक्षेप, जेठको लागी निक्षेपको ब्याजदर नघटाउने बैंकर्स संघको निर्णय



काठमाडौं । आगामी जेठ महिनामा घटबढ नहुने भएको छ । बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हुन् ।
बिहीबार बसेको नेपाल बैंकर्स संघको बैठकले आगामी जेठ निक्षेपको ब्याजदर स्थिर राख्ने कायम गरेको हो ।

बैंकहरुको निक्षेप घट्ने भएको जेठमा ब्याजदर नघटाई स्थिर राख्ने निर्णय भएको नेपाल बैंकर्स संघका सदस्य तथा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले बताए । उनले भने,– ‘जेठमा निक्षेपको ब्याजदर नघटाउने निर्णय भएको छ । ब्याजदर घटाउँदा निक्षेप निरुत्साहित हुने भएकाले नै यस्तो बैशाख महिनाकै ब्याजदरलाई यथावत राख्ने निर्णय गरिएको हो ।’

हाल अर्थात चैतमा बैंकहरुको निक्षेपको ब्याजदर ९.९९ प्रतिशत कायम भएको थियो । त्यसअघि बैंकहरुले निक्षेपको ब्याजदर ११ प्रतिशत तोकेको थिए । ब्याजदर घटेपछि निक्षेप संकलनमा कमी देखिएको छ । त्यसकारण पनि बैंकहरुले आगामी जेठमा ब्याजदर स्थिर राख्ने भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्