रेडमी बड्स ४ र रेडमी बड्स ४ लाईट लन्च « Arthapath.com
५ जेष्ठ २०८०, शुक्रबार

रेडमी बड्स ४ र रेडमी बड्स ४ लाईट लन्च



काठमाडौं । सायोमी नेपालले आफ्नो नयाँ वायरलेस ऐरबड्स – रेडमी बड्स ४ र रेडमी बड्स ४ लाईट लन्च गरेको छ ।

रेडमी बड्स ४ जोरदार र स्पष्ट साउण्ड प्रदान गर्ने १० एमएम डाइनामिक ड्राइभ सहित आउने यस रेड्मी ऐरबड्स ४ मा संगीतलाई अझै महसुस गर्न हाइब्रिड नोइज क्यान्सिलेसन प्रविधि रहेको कम्पनीले जनाएको छ । डुअल ट्रान्सपरेन्सी मोडसँग आउँने यस ऐरबड्सले तपाईंलाई आफ्नो वरपरको वातावरणसंग पनि कनेक्ट राख्दछ । रेडमी बड्स ४ को ब्याट्री पनि टिकाउ छ जसले एक पटक चार्ज गर्दा ६ घण्टा सम्मको प्लेब्याकप्रदानगर्दछ र चार्जिङ केसले थप ३० घण्टाको ब्याट्री लाइफप्रदान गर्न सक्दछ ।

रेडमी बड्स लाईट ४ एआई नोइज क्यान्सिलेसनका साथ साथै संगीत र कलको लागि टच कन्ट्रोलहरू जडितरेडमी बड्स लाईट ४ मा १२ एमएम डाइनामिक ड्राइभर रहेको छ । रेडमी बड्स ४ लाईट मा भिडियो हेर्दा वा गेम खेल्दा अडियो ल्यागकम गर्ने लो लेन्सी मोडका साथ साथै राम्रो अनुभब लागि रहेको छ । रेडमी बड्स ४ लाईट ले सिंगल चार्ज माचार्जमा ५ घण्टासम्मको प्लेब्याक प्रदान गर्दछ र चार्जिङ केसले थप २० घण्टाको ब्याट्री लाइफ प्रदान गर्न सक्ने कम्पनीले जनाएको छ ।

रेडमी बड्स ४ को मूल्य ६ हजार ९९९ हो भने रेडमी बड्स ४ लाईट को मूल्य ३,४९९ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्