अन्तत: लक्ष्मी र सनराइज बैंक मर्जरमा जाने: आजै अन्तिम सम्झौता हुँदै, को बन्दैछ अध्यक्ष र सीईओ ?

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक मर्जरमा जाने भएका छन् । यी दुवै बैंक एक आपसमा मर्जरमा जानका लागि आजै अन्तिम सम्झौता हुने भएको छ ।
लक्ष्मी र सनराइज बैंक समान हैसियत अर्थात १:१ को अनुपातमा मर्जरमा जान लागेका हुन् । यी दुई बैंकबीच आज ३ बजे नै मर्जरको अन्तिम सम्झौता हुँदैछ ।
मर्जपछि बन्ने नयाँ बैंकको नाम, संचालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको पनि टुंगो लागेको स्रोतको भनाई छ । यद्यपि,मर्जपछि बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ ) लक्ष्मी बैंकका तर्फबाट अजयबिक्रम शाह बन्ने भएका छन् । अन्तिम मर्जर सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा नै नै नाम, अध्यक्ष र अन्य संचालनकहरुको नाम सार्वजनिक गर्ने स्रोतको भनाई छ ।
लक्ष्मी र सनराइज बैंक मर्जपछिको चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपैयाँ पुग्नेछ । यी दुवै बैंक एक आपसमा मर्जरमा जान गत पुस २५ गते प्रारम्भिक सम्झौता गरेका थिए । आज हुने अन्तिम सम्झौतामा आगामी असार मसान्तभित्र एकीकृत कारोबार थालनी गर्ने सहमति भएको बताइएको छ ।