लक्ष्मी र सनराइज बैंक मर्जर हुने पक्काः असारभित्रै एकीकृत कारोबार, सीइओ को हुने ? « Arthapath.com
१६ असार २०८२, सोमबार

लक्ष्मी र सनराइज बैंक मर्जर हुने पक्काः असारभित्रै एकीकृत कारोबार, सीइओ को हुने ?



काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक मर्जरमा जाने भएका छन् । आज आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सन्राइज बैंकको तर्फबाट सञ्चालक इ. बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

लक्ष्मी र सनराइज बैंक समान हैसियत अर्थात १ः१ को अनुपातमा मर्जरमा गएका हुन् । लक्ष्मी र सनराइज बैंक समान हैसियत अर्थात १ः१ को अनुपातमा मर्जरमा जान लागेका हुन् । मर्जर पछि संस्थाको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड हुनेछ । लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत रहनेछन् । गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्नेछ ।

सम्झौतापत्र दुवै बैंकको साधारण सभामा पारित गरेपछि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृति प्राप्त गरेपछि दुवै बैंकले एकीकृत कारोबार शुरु गर्नेछन् । सम्पूर्ण प्रक्रियाहरु टुंग्याई आगामी असार मसान्तभित्रै एकीकृत कारोबार शुरु गर्ने लक्ष्य राखिएको छ ।

लक्ष्मी र सनराइज बैंक मर्जपछिको चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपैयाँ पुग्नेछ । यी दुवै बैंक एक आपसमा मर्जरमा जान गत पुस २५ गते प्रारम्भिक सम्झौता गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्