आइएमई पेमार्फत एयरलाइन्सको टिकट काट्दा १२५ रुपैयाँ भन्दा बढी क्यासब्याक « Arthapath.com
१९ असार २०८२, बिहीबार

आइएमई पेमार्फत एयरलाइन्सको टिकट काट्दा १२५ रुपैयाँ भन्दा बढी क्यासब्याक



काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको“आइएर्म पे”मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरुले अब १२५ रुपैयाँ क्यासब्याक पाउने भएका छन् ।

आइएमई पेमार्फत टिकेट काट्ने ग्राहकवर्गले एयरलाइन्स कम्पनी बमोजिमको ७५ रुपैयाँ वा त्यो भन्दा बढी क्यासब्याक पाउनुका साथै आइएमई पेको बोनस नामक प्रोमोकोड प्रयोगमा थप ५० रुपैयाँ गरि कम्तिमा १२५ रुपैयाँ भन्दा बढी क्यासब्याक पाउन सक्ने छन् ।

उक्त प्रोमो कोड जेठ ७ देखि असार ६ गते सम्म प्रत्येक ग्राहकले एक पटकमात्र प्रयोग गर्न पाउने कम्पनीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्