१० श्रावण २०८३, आइतबार

११ जीवन बीमा कम्पनीको बोनसदर: दुई कम्पनीका बीमितले सर्वाधिक धेरै पाउने, कुनको कति ?



काठमाडौं । मर्जरमा गएकासहित एक दर्जन जीवन बीमा कम्पनीहरुले नयाँ बोनस दर सार्वजनिक गरेका छन् । संचालनमा रहेकामध्ये ११ वटा जीवन बीमा कम्पनीहरुले आफ्ना बीमितलाई दिने बोनस दर प्रकाशन गरेका हुन् ।

कम्पनीहरुले आव २०७८/७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सहति बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका हुन् । मुनाफा, बीमालेखको संख्या, पोलिसी ल्याप्स, सम्भावित जोखीम लगायतका आधारमा कम्पनीहरूले बीमांकीय मूल्यांकन मार्फत प्रत्येक वर्ष बोनसदर निर्धारण गर्नुपर्दछ ।

बोनसदर प्रतिहजारमा गणना हुन्छ । कम्पनीको पोलिसी र बीमा अवधिको आधारमा विभिन्न बीमालेखको बोनसदर फरक फरक हुनसक्छ । बोनसदर कायम गर्दा भने बीमितले तिरेको बीमाशुल्कले कुनै प्रभाव पार्दैन । बीमितको बीमांकको आधारमा नै प्रत्येक वर्ष तोकिएको बोनस रकम पाउन सक्छन् । बीमा अवधि सकिएपछि बीमितले बीमांकसहित प्रत्येक वर्ष आर्जित बोनस रकम एकमुष्ट पाउँछन् । बीमा एक्चुअरी मार्फत कम्पनीमा लेखापरिक्षण भएपश्चात एक्चुअरी कै निर्णयमा बोनस दर घोषणा गरिन्छ ।

हाललसम्म सिटिजन लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ,एशियन, मेट, रिलायवल नेपाल, नेशनल लाइफ इन्स्योरेन्सले बोनस दर सार्वजनिक गरेका छन् । यस्तै, साविकको ज्योति लाइफ, सूर्या लाइफ, युनियन र प्राइम लाइफले पनि आव २०७८/७९ को बोनस दर सार्वजनिक गरेका हुन् । कम्पनीहरुले बीमालेखको प्रकार र बीमा अवधिको आधारमा फरक–फरक बोनस दर सार्वजनिक गरेका छन् । कम्पनीले न्युनतम १९ रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनस दर निर्धारण गरेका छन् ।
साविकको सूर्या लाइफ र प्राइम लाइफले बीमा बजारकै सर्वाधिक बोनसदर

घोषित बोनस दर अनुसार साविकका सूर्या लाइफ र प्राइम लाइफको सबैभन्दा बढी छ । यी दुई वटै कम्पनीले प्रति हजार ९० रुपैयाँसम्म बोनस दिने घोषणा गरेका छन् । जुन, बीमा बजारकै सर्वाधिक धेरै हो ।

सूर्या लाइफको अग्रिम भुक्तानी सावधिक बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ, सावधिक जीवन बीमामा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनस पाउनेछन् । यस्तै, सूर्या लाइफले सावधिक तथा आजीवन बीमालेखमा बीमितले न्युनतम ४० रुपैयाँदेखि ७० रुपैयाँ, चौरासी पुजा अग्रिम नियमित भुक्तानी योजनामा न्युनतम ४५ रुपैयाँ देखि ७० रुपैयाँ, चौरासी पुजा अग्रिम एकल भुक्तानीमा ७५ रुपैयाँदेखि ९० रुपैयाँसम्म कम्पनीले बीमितलाई बोनस विरतण गर्नेछ ।

यता, साविकको प्राइम लाइफले भने न्युनतम ३५ रुपैयाँलेखि ९० रुपैयाँसम्म बोनस दिन घोषणा गरेको छ । कम्पनीको सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा प्रति हजार न्यूनतम ३५ रुपैयाँ देखि अधिकतम ७२ रुपैयाँसम्म, सावधिक तथा आजीवन बीमालेख बीमा अवधिको आधारमा न्युन्तम ३६ रुपैयाँदेखि ७५ रुपंयाँ र अग्रिम भुक्तानी सावधिक बीमालेखमा ६० रुपैयाँदेखि ९० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । यस्तै प्राइम जीवन उपहार अग्रिम भुक्तानीमा ५२ रुपैयाँ र प्राइम जीवन उपहार (सावधिक) बीमामा ४० रुपैयाँ बोनसदर तोकिएको छ ।

सिटिजनसहित पाँच कम्पनीले अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने

सिटिजन लाइफ इन्स्योरेन्ससहित पाँच वटा कम्पनीले भने अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएका छन् । सिटिजनले विभिन्न बीमा योजनामा न्युनतम २५ रुपैयाँलेखि ७५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको हो ।

यस्तै, सन नेपाल लाइफले पनि प्रतिहजारमा न्युनतम २९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको छ । यता, साविकको ज्योति लाइफले न्युनतम २० रुपैयाँदेखि ७५ रुपैयाँसम्म, एशियन लाइफले न्युनतम ४२ रुपैयाँदेखि ७५ रुपैयाँसम्म र रिलायवल नेपाल लाइफले न्युनतम २० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

अन्य कुनको कम्पनीको बोनसदर कति ?


प्रतिक्रिया दिनुहोस्