७ श्रावण २०८३, बिहिबार

महासंघका अधिकांश माग बजेट मार्फत सम्बोधन भयो: अध्यक्ष ढकाल



काठमाडौं ‌। नेपाल उधोग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक वर्ष २०८०/८१ को बजेट आफ्ना माग अधिकांश सम्बोधन गरेको बताएका छन् । महासंघले आज (जेठ १६ गते) देखि आयोजना गरेको जब फेयर २०२३ कार्यक्रम यस्तो बताएका हुन् ।

महासंघले उठाउदै आएको माग सरकार सम्बोधन गरेको प्रति अध्यक्ष ढकालले खुशी ब्यक्त गरे । उनले भने, “सरकारले बजेट मार्फत निजी क्षेत्रका मनोबल उच्च राख्ने कार्यलाइ प्राथमिकता दिएको छ । अर्थतन्त्रमा देखिएको सकुचन समाधान गर्न निजि क्षेत्रले ठूलो भुमिका खेल्ने कुरा सरकारले अनुमति गरेको छ । सिप विकासलाइ सरकारले बजेट राखेको कुरा महासंघ कै माग रहेको थियो”

साथै, वर्तमान अवस्थामा नेपाली जनशक्ति बाहिरिरहेको बेला महासंघ आयोजना गरेको जब फेयर कार्यक्रमले स्वदेश मै रोजगारी सिर्जना गर्ने ठुलो भुमिका खेल्ने उनको भनाई छ ।

स्वदेशी उत्पादनलाइ प्रवर्द्धन गर्न स्वदेश समानको प्रयोग गर्न उहिले आवश्यकता रहेको उनको तर्क थियो ।


प्रतिक्रिया दिनुहोस्