७ श्रावण २०८३, बिहिबार

राजश्व विभागको स्पष्टोक्ति: ‘धितोपत्रको पटके लगानीमा ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभ कर अन्तिम हो’



काठमाडौं । आन्तरिक राजस्व विभागले धितोपत्र कारोबारवाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभ कर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको जनाएको छ ।

एक सूचना जारी गर्दै विभागले नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र बिक्री गर्दा हुने लाभमा साविकै बमोजिम कानूनी व्यवस्था कायम भएको जनाएको छ ।

विभागले आर्थिक विभागले आर्थिक विधेयक, २०८० को दफा २९ बमोजिम धितोपत्रको नियमित व्यवसायिक कारोबार गर्ने प्राकृतिक व्यक्तिलाई प्रदान गरिएको छुट सुविधाका सम्बन्धमा सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुमा केही द्विविधा उत्पन्न भएको भन्दै थप स्पष्ट गरेको हो ।

यस नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पूँजीबजार लगानीकर्ता संघद्वारा जारी संयुक्त प्रेस विज्ञप्ति समेत प्राप्त हुन आएकोले थप स्पष्ट पारिएको विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्