मंगलबार प्रतितोला १ सय घट्यो सुन

काठमाडौं । सुन मंगलबार प्रतितोला १ सय रुपैयाँले घटेको छ । असार ३० गते मंगलबार सुनको मूल्यमा केही गिरावट आएको छ ।
मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ७ सय ६० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदी भने ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ९ सय ९५ रुपैयाँ पुगेको छ ।