लगानीकर्ताको आन्दोलनः सबै ब्रोकर कार्यालयमा तालाबन्दी, वार्ताका लागि अर्थमन्त्रालय पुग्यो टोली
काठमाडौं । लगानीकर्ताले आज बिहानदेखि नै ब्रोकर नम्बर बन्द गरेका छन् । आफ्नो आन्दोलनको पहिलो चरण अन्तर्गत लगानीकर्ताले टोलि नै तयार पारी ब्रोकर बन्द गर्ने हिनेका हुन् ।
५० वटै ब्रोकर नम्बरमा टिएमएस बन्द गरेका छन् । ब्रोकर बन्द पश्चात लगानीकर्ताको टोलि अर्थमन्त्रालयमा वार्ताका लागि पुगेका छन् ।
धितोपत्र बजारका लगानीकर्ताहरूले पूँजीगत लाभकरलाई नै अन्तिम कर घोषणा गर्न माग राख्दैं आन्दोलित भएका हुन् । व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७.५ प्रतिशत श्रोतमा कट्टी गरिएको पुँजीगत लाभ करलाई नै अन्तिम कर कायम उनीहरुको माग रहेको छ ।















