उद्योगीहरुलाई गहुँ उत्पादनमा जोड दिन मन्त्री रिजालको आग्रह

काठमाडौं । उद्योगीहरुले सबै कुरा सरकारले पुरा गर्देला भनेर बस्यो भने आफै डुब्ने उद्योग, वाणिज्य मन्त्री रमेश रिजालले बताए ।
आज काठमाडौंमा आयोजित नेपाल मैदा उद्योग संघको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै रिजालले सरकारको आशा गरेर बस्यो भने उद्योग र उद्योगी नै डुब्ने
‘सबैकुरा सरकारको आशामा बस्यो भने तापाईहरुपनि डुब्नुहुन्छ, उद्योग पनि डुब्छ, त्यसैले तपाईहरु पनि कृषि क्षेत्रको विकासमा लाग्नुहोस्’ मन्त्री रिजालले बताए ।
निजि क्षेत्रको समस्या समाधानको लागि सरकार सधैं उद्योगीहरुको साथमा रहेको बताउँदै उनले भने, निजि क्षेत्रको प्रगती बिना देश अगाडी बढ्न सक्दैन् । उद्योगीहरुलाई गहुँ उत्पादनमा जोड दिन मन्त्री रिजालको आग्रह ।