आर्थिक वृद्धिदर झन् तल झर्छ, सरकारले हरेक वर्ष देशलाई ऋणको भार थप्दै गएको छ : अध्यक्ष मल्ल
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले ऋण लिएर घ्यू खाने प्रवृति रोकिनु पर्ने बताएका छन्।
उनले सोमबार काठमाडौंमा आयोजित इकोनोमिक मिडिया सोसाइटि नेपाल (इमसन) ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारले हरेक वर्ष देशलाई ऋणको भार थप्दै गएको उनले बताए ।
‘सरकारमा जोसुकै भएपनि जनताले रगत पसिना बगाएर तिरेको कर कनिका छरे छै छर्न हुन्न् । यसको सहि सदुपयोग गर्न आवश्यक छ।’-उनले भने । नीजिक्षेत्रको सबैभन्दा ठूलो समस्या भनेको बजेटमा आएको कुरा कार्यन्वयनको पक्ष फिलतो रहेको उनको भनाई छ । यद्यपि, कार्यन्वयनको पाटो राम्रा बनाउन आवश्यक रहेको उनले बताए ।
सरकारले ल्याएको आर्थिक बृद्धिको लक्ष पुरा नहुँने उनको बुझाई छ । उनी भन्छन्, ‘सरकारले चालु आवको बजेटमा ६ प्रतिशत आर्थिक बृद्धिको लक्ष्य राखेको छ। यो विगतमा ८ प्रतिशत आर्थिक बृद्धिको लक्ष्य राखेर २ प्रतिशत आर्थिक बृद्धिदर भएको थियो । आगामी आर्थिक वर्षमा झन तल झर्ने हो कि भन्ने पनि शंका छ।’
उनले सरकारले ल्याएको बजेटमा केहि विकृतिहरु पनि देखिएको उनको भनाई छ । ‘सरकारले बजेटमा बिभिन्न कोष सञ्चालनमा ल्याउने योजना ल्याएको छ । यो अहिलेको अवस्थामा सान्र्दभिक छैन। यसकारण यस्तो कोष सञ्चालन ल्याउनु भनेको विकृति हो।’–अध्यक्ष मल्लले भने ।













