२९ श्रावण २०८३, शुक्रबार

निर्माण व्यवसायी संघ बर्दियाको अध्यक्षमा गिरी, वरिष्ठ उपाध्यक्षमा केसी र महासचिवमा रेग्मी चयन



काठमाडौं । निर्माण व्यवसायी संघ बर्दियाको अध्यक्षमा हेमन्त प्रकाश गिरी सर्वसम्मत चयन भएका छन् ।

शनिवार र आइतबार बर्दियाको सदरमुकाम गुलरियामा सम्पन्न संघको नवौँ साधारण सभाले गिरीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । गिरी निर्माण क्षेत्रमा परिचित व्यक्ती हुन् । अधिवेशनले संघको महासचिवमा सन्तोष रेग्मीलाई सर्वसम्मत चयन गरेको छ । 

अन्य पदहरूमा भने सहमति हुन् नसकेपछि जेठ २३ गते निर्वाचन भएको थियो । सो निर्वाचन प्रणालीबाट संघको वरिष्ठ उपाध्यक्षमा विमल केसी, उपाध्यक्षमा चन्द्रमणि लम्साल, सचिव प्रकाश श्रेष्ठ, सचिवमा जगदीश अधिकारी, कोषाध्यक्षमा गोविन्द कँडेल र सह–कोषाध्यक्षमा रामचन्द्र बालन चयन भएका छन् । संघको आगामी कार्यकालको लागी १५ जनाको कार्यसमिति चयन भएको हो ।

अध्यक्षमा निर्वाचित हेमन्त प्रकाश गिरी युवा व्यवसायी तथा समाजसेवी व्यक्ती हुन् । बर्दिया जिल्लाको साथै निर्माण जगतमा परिचित व्यक्ती गिरी सदैव सत्य र निष्ठालाई अङ्गालेर व्यवसायमा अघि बढ्ने गरेका छन् ।