विद्युत क्षेत्रमा फड्को मारेका छौं, सरकारले रोकिएको पिपिए छिटो खुला गर्नुपर्छ: अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले विद्युत क्षेत्रमा फड्को मारेको बताए ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २१औं बार्षिक साधारण सभामा बोल्दै उनले करिब एक दशक यता विधुत क्षेत्रमा ठुलो फड्को मारेको बताएका हुन् ।
कुल विद्युत उत्पादनको ५० प्रतिशत निजी क्षेत्रको भुमिका रहेको ढकालको भनाई छ । तर, समयमा नै प्रशारण लाइन नबन्दा विद्युत बिक्रेतालाई ठूलो समस्या हुँदै आएको ढकालले बताए । उनले भने, ’प्रसारण लाइन समयमा नहुँदा बिधुत बिक्रीकर्ता साथिहरुले निकै ठूलो समस्या भोग्नु परेको छ यसमा सरकारले यथाशीघ्र सामाधान गर्नु पर्छ ।’
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा उर्जा क्षेत्रको उत्साहक कार्य भएको उनले बताए । सरकारले रोकिएको पिपिए छिटो खुला गर्नु उनको तर्क रहेको थियो ।













