९ श्रावण २०८३, शनिबार

गार्डिन माइक्रोलाई नेपालकै पहिलो लघुबीमा कम्पनीको ताज, आजबाट कारोबार सुरु



विराटनगर । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले व्यवसायी कारोबार सुरु गरेको छ । कम्पनीले शुक्रबार विराटनगरमा बिशेष समारोह गरेर कम्पनीले कारोबार सुभारम्भ गरेको हो ।

नियामक निकाय नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कारोबार सुभारम्भ समारोहको उद्घाटन गरेका हुन् । योसँगै नेपालकै पहिलो लघुबीमा कम्पनीको ताज गार्डेन माइक्रो लाइफले पाएको छ ।

कम्पनीले पहिलो चरणमा म्यादी लघु जीवन बीमा पोलिसी बिक्री गर्ने भनेको छ । अन्य पोलिसीहरु पनि आगामी दिनमा बिक्री गरिने कम्पनीको सीईओ चिरायु भण्डारीले बताए ।


प्रतिक्रिया दिनुहोस्