सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । लगातार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँले बढेको छ ।
साताको चौथो कारोबारको दिन छापावला सुनको मूल्य प्रतितोला एक लाख ११ हजार छ सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन (मंगलबार) प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला एक लाख १० हजार ५० सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन प्रतितोला एक लाख १० हजार ७५० रुपैयाँ कायम रहेको थियो ।
साथै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।