लगातार तेस्रो दिन सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले ओरालो लागेको हो।
महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार छापावाल सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँ रहेको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ८० रुपैयाँले घटेको छ। आइतबार ३ हजार ६०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार घटेर प्रतितोला ३ हजार ५२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।















