२६ श्रावण २०८३, मंगलबार

‘इप्पान’ले बनायो विज्ञ सल्लाहकारको टिम



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विज्ञ सल्लाहकार समिति गठन गरेको छ ।

इप्पानको विधानमा आवश्यकता अनुसार विभिन्न समितिहरु गठन गर्न सक्ने व्यवस्था भए बमोजिम विज्ञ सल्लाहकारहरुको समिति गठन गरेको हो ।

समितिमा डा. शंकर कोइराला, डा. सुवर्णदास श्रेष्ठ, डा. सन्दिप शाह, डा. आत्माराम घिमिरे, डा. कृष्ण प्रसाद दुलाल, ज्ञानेन्द्रलाल प्रधान, उदय नेपाली श्रेष्ठ, अरुण सुवेदी, हरिप्रसाद पाण्डे, मोतिलाल दुगड, सुमन शर्मा, प्रदिप कुमार श्रेष्ठ कुशकुमार जोशी र कृष्ण प्रसाद भण्डारी ज्यूलाई मनोनयन गरिएको इप्पानले जानकारी गराएको छ ।

ऊर्जा क्षेत्रमा विशेष योगदान दिएका अग्रज ऊर्जा उद्यमी, ऊर्जा विज्ञ लगायतका व्यक्तिहरुलाई समितिमा मनोनयन गरिएको हो ।

इप्पान विधानमा भएको व्यवस्था बमोजिम यस अघि २१ सदस्यीय सल्लाहकार समिति र अहिले विज्ञ सल्लाहकार समिति गठन गरिएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए । इप्पान कार्यमसितिले विज्ञ सल्लाहकारहरुबाट आवश्यक परामर्श लिन सक्नेछ ।