७ श्रावण २०८३, बिहिबार

हिमाल दोलखा हाइड्रोपावरले १५ लाख ७७ हजार कित्ता सेयर लिलामी गरिने



काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले बिक्री हुन नसकेको हकप्रद सेयर लिलामीमा ल्याउने भएको छ ।

कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ करोड ४ लाख २२ हजार ७८९ कित्ताका लागि मात्र आवेदन परेको थियो । जुन साउन ३ गते बाँडफाँट सम्पन्न भएको हो ।

बिक्री हुन नसकेको १५ लाख ७७ हजार २११ कित्ता हकप्रद लिलामीमा ल्याउनेछ ।


प्रतिक्रिया दिनुहोस्