पहिरोले मुग्लिन सडकखण्ड अवरुद्ध
काठमाडौं । मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा बिहान पहिरो खसेको हो ।
सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन् । पानी परिरहेकाले पहिरो पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ ।












