रिलायबल नेपाल लाइफले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ठूलो संख्यामा कर्मचारी मागेको हो ।
कम्पनीले डिजिटल ट्रान्सफरमेसन, विजनेश हेड, अल्टरटिभ सेल्स, रिक्स म्यानेजमेन्ट, अल्टरनेट सेल्स एसोसियटस र मार्केटिङ अन्तर्गत ब्रान्च म्यानेजर विजनेश एक्जुकेटिभ पदका लागि कर्मचारी मागेको हो ।
जसका लागि शैक्षिक योग्यता स्नाकोत्तर तह उत्तिर्ण गरेको तथा विभिन्न बैंक तथा वित्तीय संस्थामा अनुभव भएको हुनुपर्नेछ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन १० गते) ले १० दिन भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।
