मौद्रिक नीतिले व्यवसायीहरुको मागलाई सम्बोधन गर्न सकेन: पूर्वअध्यक्ष कटुवाल
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले मौद्रिक नीतिले साना उद्योगी व्यवसायीहरुको माग सम्बोधन गर्न नसकेको बताए।
संस्थापक अध्यक्ष कटुवालले गत आईतवार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति बारे प्रतिक्रिया दिँदै यस्तो बताएका हुन । उनले उत्पादन मुलुक उद्योग र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने नीतिमा भएको व्यवस्था वास्तविक व्यवसाउनु पर्ने बताए ।
उनले मौद्रिक नीतिले वर्तमान आर्थिक समस्या समाधान गर्न नसक्ने बताए । सरकारले संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउने गरी साना व्यवसायी मैत्री मौद्रिक नीति बजेट ल्याउन नसकेको उनको भनाई थियो ।
उनले भने,–‘उद्योगी व्यवसायीहरुको मागलाई केही सम्बोधन गरेको भएता पनि त्यतिले पुग्ने अवस्था छैन । बजेट भाषण राम्रो भए पनि बजेट गरेको व्यवस्था आउन नसकेको देखिन्छ । साना व्यवसायीहरुले वर्तमान समस्या मौद्रिक नीतिले सम्बोधन गर्ने आशा थियोे । तर मौद्रिक नीतिले बैंक ब्याजदर लगायतका विषयमा बोलेको छैन । यो मौद्रिक नीतिले ब्याजदर कम गर्ने तर्फ उन्मुख भएको देखिदैन । यो नीतिले अर्थतन्त्र चलायमान बन्न सक्दैन ।’
पूर्वअध्यक्ष कटुवालले निजी क्षेत्रको मनोवल उच्च बनाउने गरि मौद्रिक नीति आउनुपर्ने भए पनि त्यस्तो हुन नसकेको बताए । उनले मौद्रिक नीतिले ल्याएका कतिपय व्यवस्थाहरु सकारात्मक रहेको पनि उनको भनाई छ । कटुवालले उत्पादनमूलक क्षेत्रमा बैंकको लगानी वृद्धि गर्नु कुरा सकारात्मक रहेको बताए ।
मौद्रिक नीति वर्तमान समस्या समाधान उन्नमुख नभएको र बजेटले सम्बोधन गर्न नसकेका कुराहरू मौद्रिक नीतिले सम्बोधन गर्ने निजी क्षेत्रको अपेक्षा पूरा नभएको उनको भनाई छ ।
उनले निजी क्षेत्रको कर्जा लक्ष्य १२.५ बाट ११.५ प्रतिशत झार्नुले सरकारले लिएको ६ प्रतिशत आर्थिक वृद्धि हासिल हुन नसक्ने बताए । उनले उद्योग व्यापार व्यवसाय चलायमान बनाउन भएमात्रै सरकारले लिएको ६ प्रतिशत आर्थिक वृद्धि हासिल हुन सक्ने बताए ।













