२५ श्रावण २०८३, सोमबार

घट्यो बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा, अब कुन ठाउँ जान कति ? (सूचीसहित)



काठमाडौं । बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ । नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बागमती प्रदेशले फेरि गाडी भाडा समायोजन गरेको हो ।

बागमती प्रदेशले आजअर्थात साउन ११ गतेदेखि भाडा घटाएको हो। अब लामो रुटको सवारीमा २.३० प्रतिशत, मालबाहक सवारी साधनमा ३।१ प्रतिशत र सिटी बसमा ३.२६ प्रतिशतले भाडा घटेको छ ।