बिहिबार कुन कम्पनीको कति भयो कारोबार ?

काठमाडौं । बजार आज २९.७१ अकंले ओरालो लागेको छ । बजार राताम्य हुदाँ परिसूचक समेत खुम्चिदैं २१२६.४८ बिन्दुमा बन्द भएको छ ।
बिहिबार ६७ लाख ७१ हजार ७७७ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ४२ करोड ५७ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ ।
आज शिवम सिमेन्टको सेयर सबै भन्दा बढी खरिद बिक्री भएको छ । कम्पनीको १० करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ ।
साथै, हिमालयन लाइफ इन्स्योरेन्सको ८ करोड ३६ लाख रुपैयाँ, प्रोग्रेशिभ फाइनान्सको ६ करोड ८० लाख रुपैयाँ र नेपाल रिइन्स्योरेन्सको ६ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ ।
