कोशी सरकार ढल्यो, सर्वोच्चद्वारा मुख्यमन्त्री थापाको नियुक्ति बदर (पूर्णपाठसहित)
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनमा सभामुखको सहभागिता संविधानविपरित ठहर गरेको छ ।
न्यायाधीश ईश्वर प्रसाद खतिवडा,आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले सभामुख बाबुराम गौतमको हस्ताक्षर लिएर दाबी गर्न गएका उद्धब थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले गरेको मुख्यमन्त्री नियुक्ति बदर गरेको हो ।
गत २१ असारमा कांग्रेस सांसद उद्धब थापा सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षरमा बहुमत पुर्याएर मुख्यमन्त्री नियुक्ति गरेको विषय संविधानविपरीत भन्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

















