महुली लघुवित्तको ४ हजार ९२० कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ? « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

महुली लघुवित्तको ४ हजार ९२० कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ?



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा लएको छ । कम्पनीले संसपक सेयरधनीहरुको नाममा रहेको ४ हजार ९२० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको न्युनतम मूल्य ३०१ रुपैयाँ कम्पनीले तोकेको छ । सेयर खरिद लागि आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

सेयरधनी वा अन्य जोकोहीले न्यूनतम ५०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ । अधिकतममा सम्पूर्ण कित्ता खरिदको लागि आवेदन दिन सकिनेछ ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनी वा अन्य जो काही व्यक्ति, संघ संस्था, कम्पनीहरुले साउन १८ गतेभित्र आवश्यक कागजात संकलन गरी थापाथलीस्थित एनआईसी एशिया क्यापिटल तथा थापाथलीमै रहेको एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय र शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगर (सुर्खेत)मा खरिद आवेदन पेश गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्