नेप्सेले दियो थप सात नयाँ ब्रोकर कम्पनीलाई सदस्यता

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप सात नयाँ ब्रोकर कम्पनीलाई सदस्यता प्रदान गरेको छ ।
एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनि वल्र्ड सेयर एक्सचेन्ज र कलश स्टक मार्केटलाई नेप्सेले सदस्यता दिएको हो ।
नेप्सेबाट सदस्यता पाएसँगै दोस्रो बजारमा कारोबार गर्न योग्य भएका छन् ।
कुनको नम्बर कति ?
एलिट स्टक हाउस -ब्रोकर नम्बर ६८
इन्डेक्स सेक्युरिटिज -ब्रोकर नम्बर ६९
इन्फिनिटी सेक्युरिटिज -ब्रोकर नम्बर ७०
शुभकामना सेक्युरिटिज -ब्रोकर नम्बर ७१
हातेमालो फाइनान्सियल सर्भिसेस-ब्रोकर नम्बर ७२
मनि वल्ड शेयर एक्सचेन्ज -ब्रोकर नम्बर ७३
कलश सेक्युरिटिज-ब्रोकर नम्बर ७४