कामना सेवा विकास बैंकको ५७ हजार २५ कित्ता सेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकल संस्थापक सेयर बिक्रीकम ल्याएको छ । बैंककले संस्थापक सेयरधनीहरु इल्या भट्टराई दीक्षितको नाममा रहेको ५७ हजार २५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई आवेदन पेश गर्न सक्नेछन् ।
साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्तसेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।