यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनीहरु
काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.१४ अंकले घटेर २१००.३४ बिन्दुमा बन्द भएको छ ।
नेप्सेमा सूचीकृत २६६ कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५० करोड २८ लाख ६८ हजार ५२७ रुपैयाँको कारेबार भएको छ ।
आज पिपुल्स पावर कम्पनीको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर ३.५६ प्रतिशत अर्थात ९ रुपैयाँले बढेर प्रतिकित्ता २६१ रुपैयाँ ९० पैसा कायम रहेको छ ।
साथै, सुपरमाई हाइड्रोपावरको ३.०६ प्रतिशत, नेपाल इनभेष्मेन्ट बैंक डिभेञ्चर २०८४ को १.९० प्रतिशत, सिनर्जी डेभलपमेन्टको १.८० प्रतिशतले सेयर मूल्य बढेको छ ।
मनकामाना स्र्माट लघुवित्तको लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन्। कम्पनीको सेयर प्रतिकित्ता ५६ रुपैयाँले घटेर प्रतिकित्ता ७७० रुपैयाँ कायम रहेको छ ।
साथै, अभियान लघुवित्त वित्तीय संस्थाको ६.५७ प्रतिशत, हिमलयन लघुवित्तको ५.१४ प्रतिशत, सनराइज ब्लुचिप फण्डको ५.०८ प्रतिशतले सेयर मूल्य घटेको छ ।















